शिवसवरीधाममा सञ्चालित बत्ती प्रज्वलन कार्यक्रममा ३८ हजार बढी दान संकलन



शिवसवरीधाममा सञ्चालित बत्ती प्रज्वलन कार्यक्रममा ३८ हजार बढी दान संकलन

सिसहनियाँ २३ जेठ । शिवसवरी धाम धार्मिक केन्द्र राप्ती गाउँपालिका ५ पहरूवामा सञ्चालित ऐतिहासिक ३ करोड बढी बत्ती प्रज्वलन कार्यक्रममा ३८ हजार १ सय ५० रूपैयाँ दान संकलन भएको छ ।

केन्द्रको नवाैं स्थापना दिवसको अवसरमा विश्व शान्तिका लागि आयोजित बत्ती प्रज्वलन कार्यक्रममा शनिबार र आइतबार दिउँसो र बेलुका सम्म सो रकम संकलन भएको हो ।

जस अनुसार राप्ती गाउँपालिकाका वडा नम्बर ५ सिसहनियाँ निवासी पुर्ण केसी र गंगा केसीबाट पितृको नाममा ५ हजार ५ सय ५५, तुलसीपुर ५ निवासी प्रकाश केसीबाट ५ हजार १५, राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टबाट आजीवन सदस्यका लागि ३ हजार २० रूपैयाँ प्राप्त भएको छ ।

त्यस्तै सितगंगा ८ अर्घाखाँची निवासी तुलसी श्रेष्ठबाट ३ हजार १ सय २५, घोराही १४ निवासी निर्मला पाण्डेबाट ३ हजार ५५ रूपैयाँ दान स्वरूप प्राप्त भएको सचिवालय प्रमुख ओमप्रकाश गुप्ताले जानकारी दिएका छन् ।

यसै बिच आज बत्ती प्रज्वलन कार्यक्रमको तेस्रो दिन विहान १० बजे देखि ४ बजे सम्म र बेलुका ७ बजे देखि १० बजे सम्म कथा बाचन, संगितमय भजन, झाँकी देखाइने कार्यक्रम संयोजक मिश्रुलाल चाैधरीले जानकारी दिएका छन् ।

कार्यक्रमको अन्तिम दिन जेठ २५ गते बेलुका ७ बजे एकै पटक ३ करोड बढी बत्ती प्रज्वलन गरिने बताइएको छ । ५ दिन सम्म सञ्चालन हुने कार्यक्रममा प्रमुख बाचक शिरोमणी पण्डित दिपक प्रसाद पाैडेलले संगितमय शैलीमा कथा वाचन गरिरहनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे