दाङबाट हिराचन्द्र केसी स्वास्थ्य राज्यमन्त्री र मेटमणी चाैधरी शहरी बिकास मन्त्रीमा सिफारिस
दाङ २२ जेठ । दाङबाट हिराचन्द्र केसी र मेटमणी चौधरी मन्त्री बन्ने भएका छन् ।
एकीकृत समाजवादीका उपमहासचिव विजय पौडेलका अनुसार स्वास्थ्य राज्यमन्त्रीमा हिराचन्द्र केसी, शहरी विकास मन्त्रीमा मेटमणि चौधरी, भवानी खापुङ स्वास्थ्य तथा जनसंख्या मन्त्री, जीवनराम श्रेष्ठ पर्यटन, शेरबहादुर कुँवर श्रम मन्त्री बन्नेछन् ।
नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकले यसअघि सरकारमा रहेका ५ जनालाई फिर्ता बोलाएर नयाँ मन्त्रीहरुको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको छ । सरकारमा सहभागी हुने नेताहरुको नाम प्रधानमन्त्री देउवालाई बुझाएको पौडेलले बताए ।
प्रतिक्रिया दिनुहोस्