भत्किन लागेको झुपडीमा कष्टकर जिवन बिताउँदै मोतीरामको परिवार



भत्किन लागेको झुपडीमा कष्टकर जिवन बिताउँदै मोतीरामको परिवार

कता हरायो सरकारको जनता आबास कार्यक्रम
ओमप्रकाश गुप्ता, भालुवाङ १६ कार्तिक ।
महिनौ दिन देखि नधोएको पुरानो सट पाइन्ट, सुत्नका लागि न खाट छ न खटिया नै काठैकाठले किलाकाटी ठोकेर माटोले लिपपोत गरी बनाएको खाट छ । वरीपरि सिठाले बारेको चुहिन लागेको छाप्रो र छानोमा भएको दुलो टाल्न पुरानो टिनले छोपेको छानो अनि भत्किनै लागेको घर यस्तो दर्दनाक र कहाली लाग्दो अवस्थामा बाँचेको छ यो परिवार ।

दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ५ कालापानी स्थित मोतीराम सुनारको परिवारको अवस्था हो यो । तीन छोरी र आफू बुढाबुढी गरी ५ जनाको परिवार छ मोतीरामको । उमेरले ४०÷४५ बर्ष पुगेका सुनारले गाउँमै जसो तसो मजदुरी गर्छन् । श्रीमति भने मानसिक रोगी छिन् । छोरीहरु सानै छन्, छोरीहरु स्कुल पढ्न पनि पाएका छैनन् । मजदुरी गरेर खान लाउन पनि पुग्दैन । न मैले काम गर्न सक्ने, नत बुढीले नै मजुरी गर्न सक्ने, त्यसमा पनि कोरोनाको जोखिम छ । हामीलाई त दैनिकी चलाउनै गाह्रो भएको छ, गरिबका घर सरकारले बनाइदिन्छ भन्ने सुुनेको थिए, कता हरायो सरकारको यो काम ? मोतीराम भाबुक हुँदै भने । अहिले सम्म हामीलाई प्रकाश विष्ट डाक्टर सावले वाहेक कसैले सहयोग गरेको छैन । मोतीरामको आफ्नो लालपुर्जाको जग्गा छैन् । उनी बस्दै आएको जग्गा ऐलानी हो ।

मोतीरामको परिवार झुपडी बनाएर बसेका छन् । उनीहरुको न सुत्ने बिस्तरा छ, नत खाट खटिया नै । काठैकाठले किलाकाटी ठोकेर माटोले लिपपोत गरी बनाएको खाट छ । त्यही माटोले लिपेको खाटमा पुरानो झुत्रा झात्रा कपडा ओछ्याएर सुत्ने गरेका छन् । सरकारले गरिबका घर बनाइदिन्छ भन्ने सुनेको थिए तर अहिले सम्म बनाइदिएको छैन । गाउँपालिकामा जाने र भनसुन गर्ने क्षमता पनि नभएको मोतीरामले बताए । नेपाल सरकारको जनता आवास कार्यक्रमले यस्ता व्यक्तिको आवास बनाइदिने तर्फ चाँसो दिनुपर्ने स्थानीय समाजसेवीहरुको भनाई छ ।

कता हरायो सरकारको जनता आबास कार्यक्रम ? यस्ताले नपाए कस्ताले पाउने हुन् स्थानीय सामाजिक अभियान्ताहरुको भनाई छ । यसै बिच दाङ देउखुरीको राप्ती गाउँपालिकामा रहेको आशाका किरणहरु नामक संस्थाले एम.आर.आर ग्रुप, एम.डब्लु.आर.आर ग्रुप, युथ फर नेशन र एस.एस.टि ग्रुपको सहयोगमा संस्थाले सञ्चालन गरेको खुसी अभियान मार्फत सहारा विहिन मोतीराम सुनारको परिवारलाई सिरक, डसना, सिरानी, ३ जोड न्यानो कपडा, दाल, चामल, नुन, तेल प्रदान गरेका छन् । उक्त सामाग्री संस्थाका अध्यक्ष सुर्यकिरण केसीले प्रदान गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे