सार्वजनिक गाडीको फेरि भाडा बढ्यो



सार्वजनिक गाडीको फेरि भाडा बढ्यो

काठमाडौं १० जेठ । गाडी भाडा फेरि बढेको छ । नेपाल आयल निगमले इन्धनको मूल्य १० रुपैयाँले बढाएपछि यातायात व्यवस्था विभागले स्वचालित मूल्य प्रणालीका आधारमा सार्वजनिक गाडीको भाडा बढाएको हो ।

विभागले यात्रुवाहक गाडीमा २ दशमलव १ प्रतिशतले, पहाडी बाटोमा चल्ने मालवाहक गाडीमा २ दशमलव ७ प्रतिशतले र तराईको बाटोमा चल्ने मालवाहक गाडीमा ३ प्रतिशतले भाडा बढाएको हो । यो भाडा दुई वा दुईभन्दा धेरै प्रदेश भएर चल्ने राष्ट्रियस्तरका रुटमा लागू हुनेछ । यसअघि यहही जेठ ४ गते पनि भाडा बढेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे