काठमाडौं १० जेठ । पेट्रोलियम पदार्थमा भएको अस्वाभाविक मूल्यवृद्धि र त्यसले गर्दा बजार मूल्यमा परेको असरका कारण जनजीवन गम्भीर रूपमा प्रभावित भएको भन्दै प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता भएको छ ।
मूल्यवृद्धि तत्काल फिर्ता गर्न माग गर्दै दर्ता भएको प्रस्तावमा खाना पकाउने ग्यास, पेट्रोल, डिजेल र मट्टितेल लगायतका पदार्थमा भइरहेको चुहावट, कमिसन र अत्यधिक करलाई न्यूनीकरण गर्न सरकारको प्रयासबारे जवाफ मागिएको छ ।