तुलसीपुरमा एमालेका मेयरमा खड्का र उपमेयरमा चौधरीको अग्रता कायमै



तुलसीपुरमा एमालेका मेयरमा खड्का र उपमेयरमा चौधरीको अग्रता कायमै

तुलसीपुर ९ जेठ । दाङको तुलसीपुर उपमहानगरपालिकामा नेकपा एमालेका मेयर र उपमेयर पदका उम्मेदवारहरुले अग्रता कायमै राखेका छन् । एमाले मेयरका उम्मेदवार टीकाराम खड्काले ५३ हजार ३ सय २३ मत गणना गर्दा २२ हजार ५ सय ५१ मत प्राप्त गरेका छन् ।

गठबन्धन दलबाट नेपाली कांग्रेसबाट मेयरका उम्मेदवार गेहेन्द्र गिरीले २० हजार ९ सय ३३ मत प्राप्त गरेका छन् । अहिले सम्म यी दुई बीचको मतान्तर १ हजार ६ सय १८ रहेको छ । त्यस्तै, उपमेयरमा एमालेकी स्यानी चौधरीको अग्रता कायमै छ । चौधरीले २२ हजार ९० मत प्राप्त गरेकी छिन् ।

चौधरीका निकटतम प्रतिष्पर्धी गठबन्धन दलबाट नेकपा एकीकृत समाजवादीका जोगबहादुर राना मगरले १५ हजार ६ सय ५ मत प्राप्त गरेका छन् । उपमेयरमा यी दुई बीचको मतान्तर ६ हजार ४ सय ८५ रहेको छ । तुलसीपुरमा ७४ हजार ३ सय ३६ मत खसेको छ । अझैं तुलसीपुरमा २१ हजार ४ मत गणना हुन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे