देउखुरीको बिजाैरीमा विद्युत सर्ट हुँदा एक घरमा आगलागी, डेढ लाख बराबरको क्षति



देउखुरीको बिजाैरीमा विद्युत सर्ट हुँदा एक घरमा आगलागी, डेढ लाख बराबरको क्षति

सिसहनियाँ ९ जेठ । दाङको देउखुरीमा विद्युत सर्ट हुँदा एक घरमा आगलागी भएको छ ।

राप्ती गाउँपालिका वडा नम्बर ८ बिजाैरी निवासी चन्द्रबहादुर शाहीको घरमा कोठा भाँडा लिइ बस्दै आएकी लक्ष्मी बुढामगरक‍ो कोठामा सोमबार विहान ६:३० बजे आगलागी हुँदा घर भित्र रहेका अन्नपात, लत्ताकपडा, महत्त्वपूर्ण कागजात र नगद ७४ हजार जल्दा करिव १ लाख ५० हजार बराबरको क्षती भएको इलाका प्रहरी कार्यालय सिसहनियाँका प्रमुख कुमार केसीले जानकारी दिएका छन् ।

आगोलाई स्थानीय, प्रहरी र जनप्रतिनिधिले निभाएका थिए । आगलागीबाट मानवीय क्षति भने हुन पाएन

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे