अहिले सम्म ६ सय ९५ वटा पालिकाको मत परिणाम सार्वजनिक, ३२ हजार १ सय ५२ जनप्रतिनिधि निर्वाचित



अहिले सम्म ६ सय ९५ वटा पालिकाको मत परिणाम सार्वजनिक, ३२ हजार १ सय ५२ जनप्रतिनिधि निर्वाचित

काठमाडौं ८ जेठ ।   पालिका चुनाव–२०७९ अन्तर्गत ६ सय ९५ वटा पालिकाको मत परिणाम सार्वजनिक भएको छ । निर्वाचन आयोगको पछिल्लो विवरण अनुसार २ सय ४८ नगरपालिका र ४ सय ४७ गाउँपालिकाको नतिजा सार्वजनिक भएको हो ।

यो सँगै झन्डै ९२ प्रतिशत पालिकाको मत परिणाम सार्वजनिक भएको छ । अहिलेसम्म ३२ हजार १ सय ५२ जनप्रतिनिधि निर्वाचित भएका छन् । ७ सय ५३ वटा पालिकामा ३५ हजार २ सय २१ जनप्रतिनिधि छान्न गएको वैशाख ३० गते चुनाव भएको थियो।

मतगणना भएका नगरपालिकामध्ये मेयर पदमा नेपाली कांग्रेसले १ सय २३ वटामा जित हासिल गरेको छ । गाउँपालिका अध्यक्षमा १ सय ८४ वटामा जितेको छ । नगरपालिकामा १४ र गाउँपालिकामा ४ वटामा कांग्रेसको अग्रता छ ।
त्यस्तै नेकपा एमालेले ६७ नगरपालिका र १ सय २१ गाउँपालिका जितेको छ । एमाले १४ वटा नगरपालिकामा र २ वटा गाउँपालिकामा अगाडि छ । नेकपा माओवादी केन्द्रले २४ नगरपालिका र ९६ वटा गाउँपालिकामा प्रमुख पद जितेको छ ।
तीन वटा नगरपालिकामा माओवादीको अग्रता छ । नेकपा एकीकृत समाजवादी ले ९ नगरपालिकामा मेयर जितेको छ । २ वटामा उसको अग्रता छ । स्वतन्त्रसहित अरु दलले २५ ठाउँमा मेयर पद जितेका छन् ।
उपमेयरमा नेपाली कांग्रेसले ९४ र उपाध्यक्षमा १ सय ८७, एमालेले ९१ उपमेयर र १ सय २२ उपाध्यक्ष, माओवादी केन्द्रले ३२ उपमेयर र ९३ वटामा उपाध्यक्ष जितेको छ । त्यस्तै, जनता समाजवादी पार्टी नेपालले उपमेयरमा ११ र स्वतन्त्रसहित अन्य दलले २० ठाउँमा जितेका छन् ।
उपाध्यक्षमा जनता समाजवादी पार्टीले १८ र स्वतन्त्रसहित अन्यले २७ ठाउँमा जितेका निर्वाचन आयोगको विवरण छ । पालिकाको वडाध्यक्ष पदमा नेपाली कांग्रेसले २ हजार ५ सय २६ वटामा जित हासिल गरेको छ । नेकपा ९एमाले० ले २ हजार ३३ वटामा जितेको छ ।

माओवादी केन्द्रले वडाध्यक्ष पदमा १ हजार २७ वटामा जितेको छ । जनता समाजवादी पार्टीले २ सय ६७ वटामा वडाअध्यक्ष जितेको छ । स्वतन्त्रसहित अन्य ५ सय ५५ वटामा वडाअध्यक्ष विजयी भएका छन् ।

कहाँ कसले जिते थाहा पाउन यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे