म जनताको शासक होइन सेवक बनेर काम गर्ने छु : वडा अध्यक्ष चाैधरी



म जनताको शासक होइन सेवक बनेर काम गर्ने छु : वडा अध्यक्ष चाैधरी

भालुवाङ ७ जेठ । राप्ती गाउँपालिका वडा नम्बर ४ का नवनिर्वाचित वडा अध्यक्ष वीरबहादुर चौधरीले आफ्नो पहिलो काम वडामा आउने सम्पुर्ण सेवाग्राहीलाई नमस्कार गरेर सुरु गर्ने बताएका छन् ।


शनिबार सिसहनियाँ उद्योग वाणिज्य संघले आयोजना गरेको स्वागत तथा बधाई कार्यक्रममा बोल्दै वडा अध्यक्ष चाैधरीले आफ्ना वडाबासी सेवाग्राहीलाई मीठो मुस्कानका साथ नमस्कारबाट सेवा दिने र नयाँ सिस्टमको सुरुवात पनि गर्न चाहेको बताए ।

यस्तै उनले आफ्नो ५ वर्षे कार्यकाल शासक नभई सेवकको रूपमा काम गर्ने बताएका छन् । लोकप्रिय मतका साथ नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाको संयुक्त गठबन्धनबाट निर्वाचित चौधरी बिगत लामो समय देखि सामाजिक कार्यमा सक्रिय रहँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे