तुलसीपुर निर्वाचन अपडेट : एमालेका टिकाराम ८ सय, स्यानी ३७ सय बढी मतले अगाडी



तुलसीपुर निर्वाचन अपडेट : एमालेका टिकाराम ८ सय, स्यानी ३७ सय बढी मतले अगाडी

तुलसीपुर ८ जेठ । तुलसीपुर उपमहानगरपालिकामा अहिलेसम्म भएको मतगणनामा एमालेका मेयरका उम्मेदवार टिकाराम खड्का र उपमेयरका उम्मेदवार स्यानी चौधरीले अग्रता लिएका छन्।

तुलसीपुरमा ३५१७५ मतगणना हुँदा टिकाराम खड्का ८११ मतले अगाडि छन्। उनले १५४०५ मत ल्याएका छन् भने कांग्रेसका गेहेन्द्र गिरिले १४५९४ मत ल्याएका छन्।  यस्तै, उपमेयरमा एमालेबाट स्यानी चौधरीले १४६१४ मत ल्याएकी छन् भने गठबन्धनबाट एकीकृत समाजवादीका उम्मेदवार जोगबहादुर राणामगरले १०८९२ मत ल्याएका छन्। अहिलेसम्मको मतपरिणाम अनुसार वडा नम्बर १,२,३,४,५, ६,७,८,९ को मतपरिणामको घोषणा भैसकेको छ ।

जस्मा १ नम्बर वडामा गठबन्धनबाट माओवादी केन्द्र , २ मा नेकपा एमाले, ३ मा नेकपा एमाले, ४ मा गठबंधनबाट माओवादी केन्द्र,५ मा गठबंधन बाट काङ्ग्रेस, ६ मा एमालेले, ७ मा गठबन्धनबाट काङ्ग्रेस,८ मा एमाले,९ मा गठबंधनबाट काङ्ग्रेसले जित हासिल गरेको छ। ७० हजार बढी मत खसेको तुलसीपुरमा अहिले १०,११ र १२ नम्बर वडाको मतगणना भैरहेको छ। १२ नम्बर वडामा गठबन्धनले अग्रता लिएको छ भने १० र ११ नम्बर वडामा नेकपा एमालेले अग्रता लिएको छ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे