एमाले राप्तीको शक्ति प्रर्दशन



एमाले राप्तीको शक्ति प्रर्दशन

भालुवाङ २७ वैशाख । नेकपा एमाले राप्ती गाउँपालिकाले मंगलबार शक्ति प्रदर्शन गरेको छ ।

मौन अवधि सुरु हुनु पूर्व एमाले राप्तीले सिंगे खोला देखि पुरानो भालुवाङ बजार र भित्री गाउँमा सयौ मोटरसाइकल, दर्जनौ अटो, गाडीहरु सहित ¥याली निकालिएको थियो ।

सिंगे खोलाबाट सुरू भएको ¥यालीले भालुवाङ बजार र चाैबाटो बजार पत्थरगढवामा कोणसभा समेत गरेको थियो । गाडीमा सवार अध्यक्ष पदका उमेदवार जगतप्रसाद पोख्रेल, उपाध्यक्ष पदकी उम्मेदवार कमलापती चाैधरीले गाडीबाटै मतदाताहरुलाई नमस्कार गर्दै आर्शिवाद लिएका थिए ।

घरको छत, एवं आगनपेटीमा बसेकाहरुले हात हल्लाएर एमाले उमेदवारहरुको स्वागत गरेका थिए । ¥यालीमा एमालेका नेता, कार्यकर्ता, शुभेच्छुकहरुको बाक्लो सहभागिता रहेको थियो । सम्भवतः एमाले राप्तीले अहिले सम्मकै सबै भन्दा ठूलो मोटरसाइकल ¥याली निकालेको नेकपा एमाले राप्तीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे