एमालेलाई जिताउनुस् लुम्बिनी प्रदेशको आधुनिक शहर सहित सुन्दर नगरका रुपमा विकास गछौँ : महासचिव पोख्रेल



एमालेलाई जिताउनुस् लुम्बिनी प्रदेशको आधुनिक शहर सहित सुन्दर नगरका रुपमा विकास गछौँ : महासचिव पोख्रेल

भालुवाङ २७ बैशाख । नेकपा एमालेका महासचिव तथा लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री शंकर पोख्रेलले लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङको राप्ती गाउँपालिकामा ल्याउनु पर्छ भन्ने परिकल्पना एमालेको रहेकोले राजधानी व्यवस्थापनका लागि पनि राप्तीमा एमालेको सरकार आवश्यक रहेको बताएका छन् ।

आसन्न बैशाख ३० गते हुन गइरहेको स्थानीयतहको निर्वाचनमा एमालेका तर्फबाट राप्ती गाउँपालिकामा उठेका उम्मेदवारलाई निर्वाचित गराउन देउखुरीको सिसहनियाँमा आज नेकपा एमाले राप्ती गाउँपालिका कमिटीले आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै उनले यस्तो कुरा बताए ।

हामीले प्रदेशका १२ वटै जिल्लालाई पायक पर्ने गरी राजधानीको केन्द्र दाङको भालुवाङ बनाएको हौँ महासचिव पोख्रेलले भने । राजधानी निर्माणको मास्टर प्लान आफूहरु संग मात्र रहेको र अहिले गठबन्धन सरकारले बनाएको लथालिङ्ग राजधानीलाई व्यवस्थापन गर्नका लागि पनि राप्तीमा एमालेका उम्मेदवार जगतप्रसाद पोख्रेललाई निर्वाचित गराउन आवश्यक रहेको भन्दै महासचिव पोख्रेलले सम्पूणर् राप्तीबासीमा एमालेको पक्षमा मतदान गर्न अपिल गरे ।

कार्यक्रमको प्रमुख अतिथी समेत रहनु भएका महासचिव पोख्रेलले राप्तीमा जगतले जित्नु भनेको लथालिङ्ग रहेको राजधानी व्यवस्थापन सही तरिकाले हुनु नै हो । उहाँले जगत पोख्रेल निर्वाचत भएपनि राजधानी व्यवस्थापन सहित स्थायी राजधानीलाई विश्व कै सुन्दर शहर सहितको राजधानी र गाउँपालिकालाई नगरपालिकाको रुपमा विकास गर्ने सम्पूणर् जिम्मेवारी लिने र काम गरेर देखाई छाड्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

पार्टीका राप्ती गाउँपालिका कमिटी अध्यक्ष मदन अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमालेकी केन्द्रिय सदस्य तथा सचेतक शान्ता चौधरीले एमाले सरकारमा रहँदा गरेका लोकप्रिय कामले अहिले जनताहरुको आकर्षण बढेको बताउँदै जति ब.गठबन्धन गरेको पनि एमाले प्रति जनताको विश्वास र माया नघट्ने बताइन् । उनले राप्तीमा एमालेका तर्फका उम्मेदवार बिजय भईसकेको तर निर्वाचन प्रकृया पुरा मात्र गर्न मात्र बाँकी रहेकोले अब सबै जना बिजय उत्सवको तयारीमा लाग्न आग्रह गरिन् ।

नेकपा एमालेको तर्फबाट राप्ती गाउँपालिकाकी उपाध्यक्ष पदकी उम्मेदवार कमलापति चौधरीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा पार्टीकी केन्द्रिय सदस्य तथा संघीय सांसद गंगा थारु, पार्टीका तर्फबाट गाउँपालिका अध्यक्ष पदका उम्मेदवार जगतप्रसाद पोख्रेल, पार्टीका लुम्बिनी प्रदेश कमिटी सदस्य गंगाराम भट्टराई र जिल्ला सदस्य नन्दकुमार चौधरी लगायतका वक्ताले मन्तव्य व्यक्त गरेका थिए ।

चुनावी सभामा राप्ती गाउँपालिकाका विभिन्न वडाहरुबाट पार्टीका नेता, कार्यकर्ताहरु सहित सर्वसाधारण नागरिकहरु बृद्धाबृद्ध, युवायुवतीहरु गरी हजारौँको संख्यामा उपस्थिती रहेको थियो । कार्यक्रमको बीच—बीचमा विभिन्न सांस्कृतिक प्रस्तुतिहरु समेत प्रस्तुत गरिएको थियो । कार्यक्रमको सञ्चालन पार्टीका राप्ती गाउँपालिका कमिटी सचिव भरतमणि न्यौपानेले गरेका थिए ।

यस्तै नेकपा एमाले राप्ती गाउँपालिका कमिटीले राप्ती गाउँपालिकामा शक्ति प्रदर्शन सहित बिशाल मोटरसाइकल र्‍याली र कोणसभाहरु गरेको छ । र्‍यालीले सिसहनियाँ, भालुवाङ हुँदै भित्री गाउँहरुमा पनिमा पनि परिक्रमा गरेको छ भने भालुवाङको पुल्चोक बजारमा कोणसभा समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे