राप्तीमा एमालेका अध्यक्ष पदका उम्मेदवार पोख्रेल र वडा इन्चार्ज गैरे माथि माओवादी कार्यकर्ताद्वारा अभद्र व्यवहार



राप्तीमा एमालेका अध्यक्ष पदका उम्मेदवार पोख्रेल र वडा इन्चार्ज गैरे माथि माओवादी कार्यकर्ताद्वारा अभद्र व्यवहार

भालुवाङ २७ वैशाख । दाङको देउखुरीमा नेकपा माओवादीका कार्यकर्ताले एमालेका अध्यक्ष पदका उम्मेदवार र वडा इन्चार्ज माथि अभद्र व्यवहार गरेका छन् । राप्ती करिव १० बजेको समयमा राप्ती गाउँपालिका वडा नम्बर २ बराखुट्टीमा आफ्ना मतदाताहरूलाई भेटेर घर फर्किने क्रममा एमालेबाट राप्ती गाउँपालिकाको अध्यक्ष पदमा उम्मेदवारी दिएका जगतप्रसाद पोख्रेल माथि माओवादीकाे एक समुहले अभद्र व्यवहार गरेको नेकपा एमाले राप्ती गाउँपालिका कमिटीका सचिव भरतमणी शर्माले जानकारी दिएका छन् ।

उक्त समुहले गाडी रोकेर गाडी खानतलासी गर्ने, पकेट चेक गर्ने र भिडियो बनाउने काम गरेको सचिव शर्माले बताए । यस्तै सोही समयमा राप्ती गाउँपालिका ३ मसुरीयामा नेकपा एमाले राप्ती गाउँपालिका ३ नम्बर वडा कमिटीका इन्चार्ज बाबुराम गैरे माथि  पनि दुर्ववहार भएको छ । नमुना मतपत्रको फ्लाक्स व्यानर बोकेका इन्चार्ज गैरेको हातबाट माओवादीका शरद गिरीले व्यानर खोस्ने काम गरेका छन् । यी दुवै घटना प्रति नेकपा एमाले राप्ती गाउँपालिका कमिटीले घोर निन्दा गरेको छ । 

कानुनलाई आफ्नो हातमा लिएर गाडी खानतलासी गर्ने, पकेट चेक गर्ने, भिडियो बनाउने र व्यानर खोस्ने जस्ता अराजक काम गर्ने दोषीहरूलाई कानुन अनुसार कारवाहीको माग समेत गरिएको छ । अध्यक्ष मदन अधिकारी र सचिव भरतमणी शर्माले एक प्रेस विज्ञप्ति जारी गरि घटनाको घोर भ्रत्सना गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे