वडाध्यक्षका उम्मेदवार चौधरीको निधनप्रति एमाले दाङद्वारा दुःख व्यक्त



वडाध्यक्षका उम्मेदवार चौधरीको निधनप्रति एमाले दाङद्वारा दुःख व्यक्त

दाङ २७ बैशाख । तुलसीपुर उपमहागरपालिका वडा नम्वर १७ मा एमालेबाट वडा अध्यक्ष पदमा उमेदवार बनेका लबरु चौधरीको निधनप्रति नेकपा एमाले दाङले दुःख व्यक्त गरेको छ ।

एमाले दाङका अध्यक्ष हुकुमबहादुर बस्नेत र सचिव मनोहर बुढाथोकीले विज्ञप्ति जारी गरी उम्मेदवार चौधरीको निधनमा सिंगो पार्टी दुःखी भएको र उनको श्रद्धाञ्जलीमा एमालेले जिल्लाभर आयोजना गर्ने कार्यक्रममा सुरुमै एकमिनेट मौनधारण गरिने उल्लेख छ ।

यस्तै नेकपा एमाले दाङ प्रचार विभागले पनि चौधरीको निधनप्रति दुःख व्यक्त गरेको छ । प्रचार विभाग प्रमुख सविन प्रियासनले विज्ञप्ति जारी गरी चौधरीको निधनलाई शक्तिमा रुपान्तरण गरि पार्टी पंक्ति अगाडी बढ्नुपर्ने उल्लेख छ ।

उनको निधनप्रति एमालेका सबैजसो जनसंगठन, नेता, कार्यकर्ताहरुले आ–आफ्नो तरिकाले सामाजिक सञ्जालमा समेत दुःख व्यक्त गरेका छन् । नेकपा एमालेका महासचिव शंकर पोख्रेलले पनि चौधरीको निधनमा दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदन प्रकट गरेकाे छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे