हप्तामा २ दिन बिदा दिने सरकारको निर्णय राजपत्रमा प्रकाशित



हप्तामा २ दिन बिदा दिने सरकारको निर्णय राजपत्रमा प्रकाशित

दाङ २७ बैशाख । जेठ १ गतेदेखि लागू हुने गरी हप्तामा दुई दिन बिदा दिने सरकारको निर्णय राजपत्रमा प्रकाशित भएको छ । सरकारले परीक्षणका रूपमा जेठ १ गतेदेखि प्रत्येक शनिवार र आइतवार सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । त्यही निर्णय आज मङ्गलवार राजपत्रमा प्रकाशित भएको हो ।

यो बिदा लागू भएसँगै सोमवारदेखि शुक्रवारसम्म कार्यालय समय बिहान साढे ९ बजेदेखि बेलुका साढे ५ बजेसम्म हुनेछ । तर कात्तिक १६ देखि माघ १५ गतेसम्म कार्यालय समय बिहान साढे ९ बजेदेखि दिउँसो साढे ४ बजेसम्म हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे