झाडापखालाबाट तुलसीपुरमा एकको मृत्यु, एकको अवस्था गम्भिर



झाडापखालाबाट तुलसीपुरमा एकको मृत्यु, एकको अवस्था गम्भिर

तुलसीपुर २७ वैशाख । झाडापखालाबाट तुलसीपुरमा एक बालकको मृत्यु भएको छ भने ४ जना बिरामी परेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरले जानकारी दिएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–११ उरहरीको पश्चिम थारुगाउँ निबासी तीलक पुनका ढाई बर्षका छोरा अनमोल पुन रहेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका ईमरजेन्सी इन्चार्ज धनबहादुर केसीले जानकारी दिए ।

त्यसैगरी ५० बर्षका वुद्धिराम, ४० बर्षकी गौरी पुन र ५८ बर्षका कलसीङ पुन र मिना पुन बिरामी परेका छन् । चारजना बिरामी मध्य वुद्धिरामको अवस्था गम्भिर रहेको छ । उनिहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । बिरामीहरुलाई चार बजे अस्पतालमा ल्याइएको थियो । बिरामीहरुमा झाडापखाला लाग्ने, बान्ता हुने लक्षण देखा परेको अस्पतालले बताएको छ । बिरामी सबै एकाघरका भएको ईन्चार्ज केसीले बताए ।

तुलसीपुर उपमहानगरपालिका–११ मा एमालेको तर्फबाट वडा अध्यक्षको पदका उम्मेदवार मानबहादुर रावतको सहयोगमा उनिहरुलाई अस्पताल लगिएको थियो । ‘हिजो रातीदेखि झाडापखाला सुरु भएछ । अस्पताल जान छोडेर थारुको गुरुवामा गएर झारफुक गर्न लागेछन् ।

गुरुवाले पनि अस्पताल जाउ भने तर उनिहरुले मानेन्,’ स्थानीय युवा दिनेश रावतले भने– ‘बालकको मृत्यु भएपछि घटना थाहा भयो र उनिहर्रु सबैलाई उद्धार गरेर अस्पतालमा ल्याऔं ।’ विपन्न उक्त पिडित परिको सम्पूर्ण खर्च उम्मेवदवार रावतले व्यहोर्ने प्रतिवद्धता गरेका छन् ।

झाडापखलाका बिरामी बढ्न थाले
गर्मी मौसम सुरु भएसंगै झाडापखालाका बिरामी बढ्न थालेका छन् । दैनिक जसो १० देखि १५ जनासम्मम झाडापखाला लागेका बिरामीहरु उपचारका लागि आउने गरेको इन्चार्ज केसीेले बताए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे