एमाले महासचिव पोख्रेलले देउखुरीको सिसहनियाँमा भाेली चुनावी सभालाई सम्बोधन गर्ने



भालुवाङ २६ वैशाख । नेकपा एमालेका महासचिव शंकर पोख्रेल दाङको देउखुरी स्थित सिसहनिाँ आउन लागेका छन् । नेकपा एमाले राप्ती गाउँपालिकाले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्न पोख्रेल सिसहनियाँ आउन लागेका हुन् ।

स्थानीय तह सदस्य निर्वाचनमा राप्ती गाउँपालिकामा एमालेको सरकार ल्याउने गरी चुनावी तयारी भइरहेका बेला महासचिव पोख्रेल सिसहनियाँ आउन लागेका हुन् । विहान ११ बजे सिसहनियाँ बजारमा आयोजना गरिएको सभालाई पोख्रेलले सम्बोधन गर्ने कार्यक्रम रहेको पार्टीका राप्ती गाउँपालिका ८ सचिव भरतमणी शर्माले बताए । यसै बीच दिउँसो १ बजे विशाल मोटरसाइकल ¥याली पनि निकालिने भएको सचिव शर्माले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे