दाङमा एमालेबाट वडाध्यक्षको उम्मेदवार बनेका चौधरीको मृत्यु



दाङमा एमालेबाट वडाध्यक्षको उम्मेदवार बनेका चौधरीको मृत्यु

दाङ २७ वैशाख । तुलसीपुर उपमहानगरपालिका–१७ का वडाध्यक्षका उम्मेदवार लवरु चौधरीको मृत्यु भएको छ । नेकपा एमालेबाट उम्मेदवार बनेका चौधरीको सोमबार राति मृत्यु भएको हो ।

चुनाव प्रचारको क्रममा विरामी परेपछि उनलाई उपचारका लागि दुईपटक नेपालगञ्जस्थित भेरी अस्पतालमा लगिएको थियोे । तर, स्वास्थ्यमा सुधार नभएपछि थप उपचारका लागि काठमाडौंको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पुर्याइएको थियो ।

उनको उपचारको क्रममा गएराति मृत्यु भएको एमाले तुलसीपुरका अध्यक्ष माधव वलीले जानकारी दिए । उनको शवलाई दाङ ल्याउने तयारी भइरहेको अध्यक्ष वलीले बताए ।

तुलसीपुरको बघौसी निवासी ५३ वर्षीय चौधरी मिर्गौला र कलेजो सम्बन्धी समस्याबाट पीडित थिए । यसअघि वडा नम्बर १७ को वडा सदस्य भएर उनले काम गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे