राप्तीमा एमालेले जित्याे भने सबैभन्दा पहिले विकासकाे शुरूवात पहाडी क्षेत्रबाट गर्छाै : पाेख्रेल



राप्तीमा एमालेले जित्याे भने सबैभन्दा पहिले विकासकाे शुरूवात पहाडी क्षेत्रबाट गर्छाै : पाेख्रेल

भालुवाङ २६ बैशाख। नेकपा एमालेकाे तर्फबाट राप्ती गाउँपालिका अध्यक्ष पदका उम्मेदवार जगतप्रसाद पाेख्रेलले राप्ती गाउँपालिकामा एमालेले जित्याे भने विकासकाे शुरूवात पहाडी क्षेत्रबाट गर्ने बताएका छन् ।

आसन्न बैशाख ३० गते हुनगइरहेकाे स्थानीयतहकाे निर्वाचन प्रचार-प्रसारका क्रममा आज राप्ती गाउँपालिकाकाे पहाडी क्षेत्र ५ नम्बर वडाकाे  थकरीकाेट र करेङ्गेकाेट तथा ९ नम्बर वडाकाे देवीकाेटमा आयाेजित छुट्टाछुट्टै चुनाबी सभालाई सम्बाेधन गर्दै उनले यस्ताे बताएका हुन् ।

उनले बिगतमा जनप्रतिनिधिहरूले सम्पूर्ण विकासका काम तराई र सुगम केन्द्रित गरेकाे भन्दै हामी निर्वाचित भयाैँ भने पहाडी क्षेत्रमा विकासकाे मुहार फेर्ने प्रतिबद्धता जनाए ।

म आफै पनि पहाडी क्षेत्रका जनताकाे घरमा पुगेकाे छु, त्यहाँका जनताहरूकाे समस्या, आवश्यकता पनि म राम्रै संग बुझेकाे छु, त्यसैले अबकाे विकासकाे सुरूवात पहाडी क्षेत्रबाटै गर्ने याेजना बनाएकाे छु पाेख्रलले बताए । उनले राप्तीकाे समृद्ध र विकासका लागि सुर्य चुनाब चिन्हमा मतदान गरी पालिकाकाे नेतृत्व गर्न अवसर प्रदान गर्न सम्पूर्ण मतदातामा आग्रह गरे ।

त्यस्तै उनले चुनाब जितेपछि तत्काल पहाडी क्षेत्रका सडककाे स्तरउन्नती गरी एम्बुलेन्स र अटाे चलाउने लायक बनाउने तथा पाँच बर्ष भित्र पहाडी क्षेत्रका सडकहरु कालाेपत्रे गर्ने, देवीकाेट र  करेङ्गेकाेटमा विधालयकाे स्तरबृद्धि गरी प्लस टु सम्म पठन पाठनकाे व्यवस्था मिलाउने र पहाडी क्षेत्रलाई पर्यटनहबकाे रुपमा विकास गरी स्थानीयस्तर मै राेजगारकाे सृजना गर्ने लगायतका प्रतिबद्धता जनाएका छन् ।

त्यस्तै उपाध्यक्ष पदकी उम्मेदवार कमलापति चाैधरीले एमाले पार्टी भनेकाे गरिब, सर्वहारा तथा निमुखावर्गहरूकाे पार्टी भएकाेले गरिब जनताहरूकाे विकास र सेवा गर्ने भएकाेले अब निर्वाचित भयाैँ भने शासक नभई सेवकका रूपमा काम गर्ने प्रतिबद्धता जनाइन् ।

देवीकाेटमा आयाेजित चुनाबीसभा कार्यक्रम पार्टीका वडा कमिटी अध्यक्ष तथा वडा अध्यक्ष पदका उम्मेदवार बालाराम बुढामगरकाे अध्यक्षता तथा थकरीकाेटमा आयाेजित चुनाबीसभा कार्यक्रम पार्टीका थकरीकाेट टाेल कमिटीका अध्यक्ष चेतनाथकाे अध्यक्षता र करङ्गेकाेटमा आयाेजित चुनावीसभा कार्यक्रम पार्टीका करङ्गेकाेट टाेल कमिटीका अध्यक्ष खेदबहादुर थापाकाे अध्यक्षतामा सम्पन्न भएका छन् ।

तीन ठाउँमै भएकाे चुनावीसभा कार्यक्रममा पार्टीका लुम्बिनी प्रदेश कमिटी सदस्य गंगाराम भट्टराई, जिल्ला सदस्य तथा प्रदेश क निर्वाचन क्षेत्रका इन्चार्ज नन्दकुमार चाैधरी, राप्ती गाउँपालिका ५ नम्बर वडा अध्यक्ष पदका उम्मेदवार देवप्रसाद चाैधरी, वडा सदस्य पदका उम्मेदवारद्वय गाेबिन्दबहादुर कँवरक्षेत्री, भुपलाल थापामगर, पार्टीका राप्ती गाउँपालिका कमिटीका उप-सचिव रामबहादुर केसी, प्रेस चाैतारी नेपालका केन्द्रीय सदस्य सन्ताेषकुमार गुप्ता, चाैतारी कै प्रदेश उपाध्यक्ष दशरथ घिमिरे र युवा संघ राप्ती गाउँपालिका अध्यक्ष मनाेज चाैधरी लगायत नेता तथा कार्यकर्ताहरूकाे ब्यापक उपस्थित रहेकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे