जित्ने निश्चित भएपछि बदनाम बनाउन खोजिएकोमा एमालेको आपत्ती, भ्रम फिजाउनेलाई कारबाहीको माग



जित्ने निश्चित भएपछि बदनाम बनाउन खोजिएकोमा एमालेको आपत्ती, भ्रम फिजाउनेलाई कारबाहीको माग

घोराही २६ बैशाख । नेकपा एमाले दाङले जिल्लाका सबै पालिकामा आफ्ना उमेदवारहरुले निर्वाचन जित्ने सम्भावना बढेको, एमालेप्रति जनलहर समेत देखा परेकाले अत्तालिएर आफ्ना उमेदवारहरुलाई बदनाम बनाउने गरी अनावश्यक आरोप लगाउने खेल सुरु भएकोमा दुःख व्यक्त गरेको छ ।

एमाले दाङका अध्यक्ष हुकुम बस्नेत, सचिव मनोहर बुढाथोकीले संयुक्त विज्ञप्ति जारी गरी निर्वाचनको मूखमा कपोकल्पित ढंगबाट एमाले उमेदवारहरुप्रति लानछना लगाएकोमा आपत्ती प्रकट गरेको छ । घोराही उपमहागरपालिकाका मेयर पदका उम्मेदवार नरुलाल चौधरीको नाममा अख्तियारमा वैशाख १५ गते उजुरी हालेको भन्दै कपोकल्पित ढंगबाट कम्प्युटरमा टायप गरेर बेनामी कागज तयार गरी अख्तियारको नाम जोडेर प्रचार गरिएकोमा सत्यतथ्य छानबिन गरी यस्ता भ्रम फैलाउनेलाई

कारबाही गर्न सम्बन्धित निकायसँग एमाले दाङले माग गरेको छ । दाङ र घोराहीको समग्र विकास, समृद्धिको सवालमा एमालेले नेतृत्व गरेको पालिकामा उच्चस्तरको काम भएको, जसले गर्दा सर्वसाधारणहरु समेत एमालेप्रति आकर्षित देखिएकाले हताष मनस्थितिमा कुप्रचार गरिएकोमा यस प्रकारको भ्रमको पछि नलाग्न एमालेले सबैमा अनुरोध गरेको छ । अनावश्यक कुरमा भ्रम सिर्जना गर्नेहरुका बिरुद्धमा एमालेले कानूनी उपचारको बाटो खोज्ने समेत जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे