गढवामा कांग्रेस उम्मेदवार नेपाली माथी माओवादीका कार्यकर्ताद्वारा दुर्व्यवहार, कारबाहीको माग



गढवामा कांग्रेस उम्मेदवार नेपाली  माथी माओवादीका कार्यकर्ताद्वारा दुर्व्यवहार, कारबाहीको माग

गढवा २५ वैशाख । नेपाली कांग्रेसबाट दलित महिला उम्मेदवार बनेकी माया नेपाली माथी दुर्व्यवहार भएको छ ।
गढवा गाउँपालिका वडा नम्बर ४ बाट उम्मेदवार बनेकी नेपालीलाई नेकपा माओवादी केन्द्रका कार्यकर्ताले दुर्व्यवहार गरेको नेपाली कांग्रेस गढवाले जनाएको छ ।

शनिबार राति १० बजे उम्मेदवार नेपाली आफ्नो जेठाजुकाे घरमा बसिरहेको समयमा माओवादीबाट सोही वडाका वडाध्यक्ष उम्मेदवार हरिभगत चाैधरी (सानू) र माओवादी नेता बिरेन्द्र कुमार चाैधरीले गुण्डागर्दी शैलीमा दुर्व्यवहार गरेकाे कांग्रेसले दावी गरेकाे छ ।

उक्त घटनाको कांग्रेस गढवाका सभापती किरण पाैडेलले आइतबार विज्ञप्ती मार्फत बिरोध जनाउदै कारबाहीकाे माग समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे