तपाईहरू ढुक्क हुनुस् राप्ती गाउँपालिकामा एमालेको सरकार बन्छ : पोख्रेल



तपाईहरू ढुक्क हुनुस् राप्ती गाउँपालिकामा एमालेको सरकार बन्छ : पोख्रेल

भालुवाङ २५ वैशाख । नेकपा एमालेबाट राप्ती गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार जगतप्रसाद पोख्रेलले यस पालिको स्थानीय तह सदस्य निर्वाचनमा राप्ती गाउँपालिकामा नेकपा एमालेको सरकार बताएका छन् ।

नेकपा एमाले राप्ती गाउँपालिका ६ नम्बर वडा कमिटीले आइतबार पत्थरगढवामा आयोजना गरेको चुनावी भेलालाई सम्बोधन गर्दै सो कुरा बताएका छन् ।

प्रमुख अतिथि समेत रहेका पोख्रेलले नेकपा एमालेलाई हराउन राप्ती गाउँपालिकामा पनि माओवादी र जनमोर्चाले गठबन्धन गरेको बताउँदै प्रतिगामी तत्वहरूलाई एमालेले ३० गते नै साइड लगाउने बताएका छन् ।

कांग्रेस, माओवादी र जनमोर्चाले एमालेलाई पैसा बाडेको भ्रामक प्रचार गरेको प्रति आपत्ति प्रकट गरेका छन् । प्रतिगामीहरू एमालेको जनलहर देखेर डराई रहेको समेत बताए ।

वडा पदका उम्मेदवार हरिचन्द्र चाैधरीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीका सदस्य गंगाराम भट्टराई, राप्ती गाउँपालिका कमिटीका अध्यक्ष मदन अधिकारी, उपाध्यक्ष पदका उम्मेदवार कमलापती चाैधरी लगायतका वक्ताहरूले सम्बोधन गरेका थिए ।

कार्यक्रमको सञ्चालन वसन्त भण्डारीले गरेका थिए । कार्यक्रम सुरू हुनु भन्दा पहिला पत्थरगढवा, सगरापुर, बगरापुर, मझेरिया, भगवानपुर गाउँ पैदल र्याली निकालिएको थियोे ।

यस्तै आइतवार नै राप्ती गाउँपालिकाको वडा नम्बर १ को पुरानो भालुवाङ, आँपखोली टोल, वडा नम्बर ५ को सिसहनियाँ बजार, बुद्वनगर टोलमा घरदैलो गरिएको थियोे ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे