सिसहनियाँमा कांग्रेसका कार्यकर्ताद्धारा एमाले वडा अध्यक्ष भट्टराई माथि कुटपिट



सिसहनियाँमा कांग्रेसका कार्यकर्ताद्धारा एमाले वडा अध्यक्ष भट्टराई माथि कुटपिट

सिसहनियाँ २४ वैशाख । दाङको देउखुरीमा कांग्रेसका युवा कार्यकर्ताद्धारा एमालेका वडा अध्यक्ष माथि कुटपिट भएको छ ।
राप्ती गाउँपालिका वडा नम्बर ५ दोलाई खोला नजिक कांग्रेसका स्थानीय युवा कार्यकर्ताले नेकपा एमाले वडा नम्बर ५ कमिटिका अध्यक्ष जिवराज भट्टराई माथि कुटपिट गरेका हुन् ।

चुनावको प्रचार प्रसार सकेर माेटरसाइकलमा घर फिर्किने क्रममा बाटो छेकेर आफु माथि ६÷७ जनाको समुहले सामुहिक आक्रमण गरेको पिडित भट्टराईले बताएका छन् ।  माेटरसाइकलमा आएका उनीहरुले एक्कासी बिना कारण आफु माथि आक्रमण गरेकाे भट्टराईले बताए उनको आँखा, हात र घाँटीमा चोट लागेको छ ।

आक्रमण गर्ने कांग्रेसका २ कार्यकर्ता पक्राउ परेका छन् । पक्राउ पर्नेमा राप्ती गाउँपालिका ५ सिसहनियाँ निवासी बुद्धि घर्ती मगर र सिंगे निवासी मदन पोख्रेल रहेका छन् । भने अन्य फरार भएका छन् । उनीहरुको पनि खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरिक्षक सुजनविक्रम शाहले जानकारी दिएका छन् । घटना बारे अनुसन्धान भइरहेको प्रहरी निरिक्षक शाहले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे