राप्तीबासी जनताको समस्या समाधान नगरी राजधानी व्यवस्थान हुन सक्दैन : महरा



राप्तीबासी जनताको समस्या समाधान नगरी राजधानी व्यवस्थान हुन सक्दैन : महरा

भालुवाङ २४ वैशाख । नेकपा माओवादी केन्द्रका प्रवक्ता तथा पुर्व सभामुख कृष्णबहादुर महराले राप्ती गाउँपालिका बासी जनताहरुको समस्या समाधान नगरि राजधानी व्यवस्थान हुन नसक्ने बताएका छन् ।

नेकपा माओवादी केन्द्र राप्ती गाउँपालिका संगठन कमिटिले शनिवार लालमटियामा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् ।
प्रमुख अतिथि समेत रहेको महराले दाङको देउखुरीमा राजधानी आउनु सुखद पक्ष भए पनि यहाँका जनताहरुको थुप्रै समस्या रहेकोले ती समस्या समाधान नहुँदा सम्म राजधानी व्यवस्थापन गर्न गाह्रो हुने बताएका थिए ।

यी सवै समस्या समाधानका लागि नेकपा माओवादी केन्द्र राप्ती गाउँपालिका अध्यक्ष पदका उम्मेदवार प्रकाश विष्ट, उपाध्यक्ष केशवराज खनाल लगायतका उम्मेदवारलाई विजय गराउन मतदाताहरुलाई आग्रह समेत गरेका छन् ।

यस्तै महराले राप्ती गाउँपालिकामा लालपुर्जाको समस्या, शिक्षा, स्वास्थ्य, पुर्वधारका कुरामा धेरै सुधार गर्न आवश्यक रहेकोले ती सवै समस्या समाधान गर्न समाजमा योगदान पु¥याएका विष्ट जस्ता युवा नेताहरुलाई गोलाकार भित्रको हसिया हतौडामा छाप लगाई अत्यिधक बहुमतले विजय गराउन आवश्यक रहेको बताएका थिए ।

पार्टीका राप्ती गाउँपालिका वडा नम्बर २ संगठन कमिटिका अध्यक्ष नवराज पौडेलको अध्यक्ष्तामा भएको कार्यक्रममा अध्यक्ष पदका उम्मेदवार प्रकाश विष्ट, उपाध्यक्ष पदका उम्मेदवार केशवराज खनाल, वडा अध्यक्ष पदका उम्मेदवार पहलवान चौधरी (अनुप) लगायतका वक्ताहरुले बोलेका थिए ।

यसै बीच राप्ती गाउँपालिका वडा नम्बर ३ मसुरीया र वडा नम्बर ६ पत्थरगढवामा भएको चुनावी सभालाई समेत महराले सम्बोधन गरेका थिए । कार्यक्रमको सञ्चालन प्रेस सेन्टर नेपाल राप्ती गाउँपालिकाका अध्यक्ष जगत खनालले गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे