जिल्ला स्तरीय बैंकर्स क्रिकेट टुनामेन्टको उपाधी तुलसीपुर बैंकर्सले उचाल्यो



जिल्ला स्तरीय बैंकर्स क्रिकेट टुनामेन्टको उपाधी तुलसीपुर बैंकर्सले उचाल्यो

देउखुरी २४ बैशाख । देउखुरी बैंकर्सको आयोजनामा शनिबार लमहीमा जिल्ला स्तरीय क्रिकेट प्रतियोगीता सम्पन्न भएको छ । जिल्लाका घाेराही, तुलसीपुर र देउखुरीका दुई टिम गरी चार वटा टिमले भाग लिएका थिए ।

जसमा देउखुरी बैंकर्षको टिम ए ले २६ रनले तुलसीपुर बैंकर्ष संग हार व्यहोरेको छ । तुलसीपुर बैंकर्षले १५२ रनको लक्ष्य प्रस्तुत गरेको थियो । प्रतियोगीतामा म्यान अफ द सिरिज तुलसीपुर बैंकर्षका दुर्गा वली, वेष्ट व्याड्सम्यानको उपाधी देउखुरी बैंकर्षका सरोज बस्नेतले प्राप्त गरे ।

देउखुरी बैंकर्षका अध्यक्ष बिजय थापाको अध्यक्षता तथा देउखुरी क्रिकेट क्लवका अध्यक्ष शोभाराम पौडेलको अध्यक्षतामा सम्पन्न प्रतियोगीताको सम्पूर्ण व्यवस्थापन देउखुरी बैंकर्षले गरेको थियो । कार्यक्रमको सहजीकरण देउखुरी बैंकर्षका सुरज खनाल र अर्जुन बस्नेतले गरेका थिए । प्रतियोगीतामा भाग लिने, बीजय हुने टिमलाई टफी प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे