दाङकाे एक डेरीमा आगलागी हुँदा ६ लाख बराबरको क्षति



दाङकाे एक डेरीमा आगलागी हुँदा ६ लाख बराबरको क्षति

दाङ २४ बैशाख । दाङको घोराही उपमहानगरपालिका-१५ मा रहेको घोराही डेरीमा आगलागी भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान अगाडि अस्पताल रोडमा रहेको  डेरीमा आगलागी हुँदा करिब ६ लाख रुपैयाँ बराबरको मेसिनरी यन्त्रमा क्षति भएको सञ्चालक सुदय शर्माले जानकारी दिए ।

क्षतिको थप विवरण भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।  ग्यास लिक हुँदा लागेको आगो प्रहरी र घोराही उपमहानगरपालिकाको दमकलको सहायतामा निभाइएको प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे