दाङको बंगलाचुलीमा नमूना मतदान, ५ वटा मत बदर



दाङको बंगलाचुलीमा नमूना मतदान, ५ वटा मत बदर

दाङ २४ बैशाख । यही बैशाख ३० गते हुने पालिका तह चुनावको तयारीस्वरुप दाङको बंगलाचुली गाउँपालिकामा आज नमूना मतदान गरिएको छ । लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङको आयोजनामा दाङको बंगलाचुली गाउँपालिका वडा नम्बर ५ मुर्कुटीमा नमूना मतदान कार्य सम्पन्न गरिएकोहो ।

नमूना मतदानमा विभिन्न स्थानबाट आएका ६४ जनाले मतदान कार्यमा भाग लिएको प्रदेश निर्वाचन कार्यालय दाङले जानकारी दिएको छ । जसमा संयुक्त गठबन्धन तर्फका ५ वटा नमूना मतपत्रमा बदर देखिएको प्रदेश निर्वाचन कार्यालय दाङका शाखा अधिकृत रेवतबहादुर बुढाथोकीले जानकारी दिए ।

उनका अनुसार प्रदेश निर्वाचन कार्यालयले दाङको एकमात्र ठाउँमा नमूना मतदान गर्ने योजना स्वरुप दाङको विकट पालिकाको रुपमा रहेको बंगलाचुली गाउँपालिकालाई छनौट गरिएको हो । जहाँ गरिएको नमूना मतदानबाट यस पटको निर्वाचनमा बदर मतको संख्या कम हुने आशा राखिएको उनले बताए ।

नागरिकले एकपटक पालिका तहको चुनावमा भाग लिइसकेको र निर्वाचन आयोग तथा दलका उम्मेद्वारहरुबाट विभिन्न तहबाट मतदाता शिक्षाको कार्यक्रमहरु सञ्चालन गरिरहेको हुँदा बदर मतको संख्यामा कमि देखिएको शाखा अधिकृत बुढाथोकीले जानकारी दिए ।

नमूना मतदान कार्यक्रममा प्रदेश निर्वाचन कार्यालय दाङका प्रमुख नारायण प्रसाद भण्डारी,शाखा अधिकृत रेवतबहादुर बुढाथोकी, सूचना अधिकारी गेहेन्द्र कुवर ,बंगलाचुली गाउँपालिकाका प्रुख प्रशासकीय अधिकृत विष्णु प्रसाद पाण्डेय,लगाएतको सहभागिता रहेको थियो ।

नमूना मतदान कार्यक्रममा बंगलाचुली गाउँपालिकामा संयुक्त गठबन्धनका तर्फबाट अध्यक्ष पदका उम्मेद्वार तुलसीराम पुनमगर शुवास,उपाध्यक्ष पदका उम्मेद्वार भक्तबहादुर जिसीले समेत भाग लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे