चुनावी प्रचारमा गुडिरहेको जीपको छतबाट खसेर एक जनाको ज्यान गयो



चुनावी प्रचारमा गुडिरहेको जीपको छतबाट खसेर एक जनाको ज्यान गयो

दाङ २४ बैशाख । चुनाव प्रचारमा गुडिरहेको जीपको छतबाट खसेर सल्यान कालिमाटी गाउँपालिका २ दानीचौरका १८ वर्षीय खुमराज थापाको ज्यान गएको छ । चुनाव प्रचारप्रसारमा प्रयोग गरिएको लु १ ज ४५९९ नम्बरको जीपको छतबाट आज शनिवार बिहान ११ बजे खसेर गम्भीर घाइते भएका थापाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुर दाङमा उपचारकै क्रममा ज्यान गएको प्रहरीले जानकारी दिएको छ ।

जीपको छतबाट खस्दा थापाको टाउकोमा गम्भीर चोट लागेको र घाइते थापालाई त्यही गाडीमा राखेर उपचारका लागी दाङको तुलसीपुर ल्याइएको थियो । गाडी तुलसीपुर प्रहरीको नियन्त्रणमा रहेको छ । नेपाली कांग्रेसको तर्फबाट वडा अध्यक्ष पदका उम्मेदवार भुपेन्द्र घर्तीमगर सहितको टोलिले उक्त जीप चुनावी प्रचारप्रसारमा प्रयोग गरेको खुल्न आएको प्रहरीले जनाएको छ । घट्नाबारे थप अनुसन्धान भैरहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे