प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भोली दाङ आउँदै



प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भोली दाङ आउँदै

दाङ २४ बैशाख । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भोलि दाङ आउन लाग्नेका छन् । सयुक्त गठबन्धन जिल्ला समन्वय समितिले आयोजना गर्न लागेको चुनावी सभा कार्यक्रमलाई सम्वोधन गर्न देउवा र प्रचण्ड दाङ आउन लागेको नेपाली कांग्रेस दाङका सभापति शंकर डाँगीले जानकारी दिए ।

दुवै शिर्ष नेताहरुले घोराही र तुलसीपुरमा हुने चुनावी कार्यक्रमलाई सम्वोधन गर्ने कार्यक्रम रहेको छ । भोली दिउँसो साढे एक बजे तुलसीपुरको अरनीको मैदानमा हुने कार्यक्रम र दिउँसो साढे तिन बजे घोराहीमा हुने चुनावी सभालाई सम्वोधन गर्ने कार्यक्रम तय भएको सभापति डाँगीले जानकारी दिए । संयुक्त चुनावी गठबन्धन मार्फत पालिका तहको चुनावमा होमिएकाले चुनावी सभालाई संयुक्त रुपमा सम्बोधन गर्न देउवा र प्रचण्ड दाङ आउन लागेको उनले बताए । घोराहीमा जिल्ला समन्वय समितिको दक्षिण तर्फको शहीद मञ्चमा बृहत कार्यक्रम आयोजना गरीएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे