गरिव दुखी तथा जेष्ठ नागरिकहरूको सेवा गर्ने पार्टी एमाले हो : पोख्रेल



गरिव दुखी तथा जेष्ठ नागरिकहरूको सेवा गर्ने पार्टी एमाले हो : पोख्रेल

सिसहनियाँ २४ वैशाख । नेकपा एमालेबाट राप्ती गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार जगतप्रसाद पोख्रेलले  नेकपा एमाले जनताको पार्टी भएकोले गरिव, दुखी तथा जेष्ठ नागरिकहरूको सेवा गर्ने पार्टी एमाले भएको  बताएका छन् ।

नेकपा एमाले राप्ती गाउँपालिका ७ नम्बर वडा कमिटीले शनिबार बड्का सिसहनियाँमा आयोजना गरेको चुनावी भेलालाई सम्बोधन गर्दै सो कुरा बताएका छन् ।

त्यसै गरि उनले नेकपा एमालेको काम देखेर ५ दलीय पार्टी आत्तिएकोले एमालेलाई हराउन देशभर गठबन्धन गरेको बताएका थिए ।

उनले किसानहरू मल बिउ, तरकारी बजारको समस्या छ त्यो समस्या समाधान, प्राविधिक तथा उच्च शिक्षा, स्वास्थ्य क्षेत्रको विकासका लागि एमालेलाई जिताउन आवश्यक रहेको बताएका थिए ।

त्यसै गरि उपाध्यक्ष पदकी उम्मेदवार कमलापती चाैधरीले गरिव, सर्वहारा, निमुखाहरूको पार्टी एमाले भएकोले एमालेका सम्पूर्ण उम्मेदवारहरूलाई विजय बनाउन आग्रह गरेकी छिन् ।

चुनाव प्रचार प्रसार समितिका संयोजक शरद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य गंगाराम भट्टराई, जिल्ला सदस्य नन्दकुमार चाैधरी, वडा अध्यक्ष पदका उम्मेदवार सिताराम चाैधरी लगायतका वक्ताहरूले सम्बोधन गरेका थिए ।

यमबहादुर चाैधरीको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन बसन्त भण्डारीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे