गढवामा एमालेकाे बृहत घरदैलो



गढवामा एमालेकाे बृहत घरदैलो

देउखुरी २३ बैशाख । नेकपा एमालेले गढवा गाउँपालिका-६ गढवामा बृहत चुनावी घरदैलो आयाेजना गरेकाे छ ।

एमालेकाे चुनावी अभियान व्यापक बन्दै गएकाे हाे । जस अन्तरगत शुक्रबार गढवामा बृहत चुनावी घरदैलो आयाेजना गरिएको हाे । गाउँपालिका अध्यक्षमा सहजराम यादव, उपाध्यक्षमा सीता चाैधरी उम्मेदवार बनेका छन् ।

वडा नम्बर ६ मा खिमबहादुर बुढाकाे नेतृत्वकाे टाेली छ । एमालेकाे जित सुनिश्चित भएको नेकपा एमाले केन्द्रीय लेखा आयाेग सदस्य तथा लुम्बिनी प्रदेश सभा सदस्य रेवतीरमण शर्माले बताए ।

परमादेशी सरकारकाे बहिर्गमन जनताकाे मतबाट गरिने बताउनु भयाे । घरदैलो अभियानमा नेकपा एमाले पाेलिटव्यूराे सदस्य शान्ता चाैधरी, केन्द्रीय अनुसासन आयाेगका सदस्य सरस्वती गाैतम लगायतकाे बिशेष उपस्थिति थियाे ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे