देउखुरीको टिकुलीगढबाट अवैध पेस्तोल सहित तीन जना पक्राउ



देउखुरीको टिकुलीगढबाट अवैध पेस्तोल सहित तीन जना पक्राउ

लमही २३ वैशाख । दाङ प्रहरीले अवैध हतियार पेस्तोल सहित तीन जनालाई पक्राउ गरेको छ । लमही नगरपालिका ३ टिकुलीगढ स्थित रहेको जुनु वडी विल्डर्स (ठुला गाडी मर्मत गर्ने ग्यारेज) बाट अवैध हतियार पेस्तोल सहित तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता मुकुन्द प्रसाद रिजालले जानकारी दिए ।

प्रवक्ता रिजालका अनुसार बाग्लुङ जिल्ला बुर्तिवाङ झियाखोला घर भई हाल लमही नगरपालिका ३ बस्ने २० बर्षिय सोमु बिक, रुपन्देही शुद्धोधन गाउँपालिका २ भुजौली घर भई तलमी नगरपालिका ३ बस्ने ४० बर्षीय कमल भनिने रुक्मान सुनार र लमही नगरपालिका ३ मझगाउँ स्थित फर्निचर तथा आह्रन संचालन गरी बस्ने अन्दाजी ६२/७३ वर्षिय मुम बहादुर घर्ती मगरलाई पक्राउ गरेको छ ।

गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय र अस्थायी प्रहरी चौकी नर्तिबाट खटि गएको प्रहरी टोलीले खान तलासी लिने क्रममा उक्त अबैध हतियार पेस्तोल बरामद गरेको हो ।
२० बर्षीय बिकको साथबाट भरुवा बन्दुकलाई मोडिफाइ गरि निर्मित पेस्तोल आकारको अबैध हतियार बरामद भएको प्रहरीले बताएको छ ।

सुनारले लमहीको टिकुलीगढमा जुनु बडी विल्डर्सको ग्यारेज संचालन गर्दै आएका छन् । सुनार नाताले बिकको फूफाजु हुन् । प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे