प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्ड दाङ आउँदै



प्रधानमन्त्री देउवा र माओवादी  अध्यक्ष प्रचण्ड दाङ आउँदै

दाङ २३ वैशाख । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दाङ आउन लागेका छन् ।

घोराही र तुलसीपुर उपमहानगरपालिको यही २५ गते आईतबार घोराही र तुलसीपुरमा आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्न प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्ड दाङ आउन लागेका हुन् ।

संयुक्त चुनावी गठबन्धन मार्फत स्थानीय तहको निर्वाचनमा होमिएकाले चुनावीसभालाई संयुक्त रुपमा सम्बोधन गर्न प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्ड सहित केन्द्रीय स्थानका नेता तथा कार्यकर्ताहरु दाङ आउन लागेको संयुक्त गठबन्धन जिल्ला समन्वय समितिले जनाएको छ ।

घोराही र तुलसीपुरमा छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरिएको समेत समितीले जनाएको छ । जिल्ला समन्वय समितीको दक्षिण तर्फको शहिदमञ्चमा बृहत कार्यक्रम आयोजना गरिएको छ । प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्ड घोराहीमा दिउसो २ बजे सम्बोधन तय गरिएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे