एमाले प्रतिको मोह दैनिक बढ्दै, लठ्ठहवामा ५० बढी कार्यकर्ता एमालेमा प्रवेश



एमाले प्रतिको मोह दैनिक बढ्दै, लठ्ठहवामा ५० बढी कार्यकर्ता एमालेमा प्रवेश

सिसहनियाँ २२ वैशाख । एमालेमा प्रवेश गर्नेहरूको लहर दैनिक रुपमा बढिरहेको छ । बिहीबार देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ५ लठ्ठहवामा नेकपा एमालेको घरदैलो कार्यक्रममै नेपाली कांग्रेस लगायत विभिन्न पार्टी परित्याग गरि ५० जना बढी कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् ।

युवा संघ राप्ती गाउँपालिका अध्यक्ष मनोज चाैधरीको पहलमा उनीहरू एमालेमा प्रवेश गरेका हुन् । नयाँ प्रवेशीहरूलाई अध्यक्ष पदका उम्मेदवार तथा पार्टीका लुम्बिनी प्रदेश कमिटि सदस्य जगतप्रसाद पोख्रेलले टिका लगाएर पार्टी प्रवेश गराएका थिए ।

घरदैलो कार्यक्रममा अध्यक्ष पदका उम्मेदवार जगत पोख्रेल, उपाध्यक्ष पदकी उम्मेदवार कमलापती चौधरी, वडा नम्बर ५ का वडा अध्यक्ष पदका उम्मेदवार देवीप्रसाद चौधरी लगायत अन्य पदका उम्मेदवार, पार्टीका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

घरदैलो कार्यक्रम राप्ती गाउँपालिका वडा नम्बर ५ को कालापानी, कमलरोड, सिसहनियाँ बजार, लठ्ठहवा, पहरूवा र सिंगेमा गरिएको थियोे ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे