एमाले राप्तीको चुनावी घरदैलो कार्यक्रम जारी, वडा नम्बर ८ पनि एमालेमय बन्दै



एमाले राप्तीको चुनावी घरदैलो कार्यक्रम जारी, वडा नम्बर ८ पनि एमालेमय बन्दै

सिसहनियाँ २२ वैशाख । दाङको राप्ती गाउँपालिका नेकपा एमालेको चुनावी घरदैलो कार्यक्रम जारी रहेको छ ।

यसै क्रममा बुधबार राप्ती गाउँपालिका वडा नम्बर ८ मा नाच्दै गाउँदै घरदैलो कार्यक्रम गरिएको छ । वैशाख ३० गते हुन लागेको स्थानीय तह सदस्य निर्वाचनमा आफ्ना उम्मेदवारहरूलाई विजय बनाउन एमालेले घरदैलो र चुनावी भेलालाई व्यापक बनाएको छ ।

पछिल्लो समय राप्ती गाउँपालिकामा एमाले प्रति स्थानीयहरूको जनलहर बढ्न थालेको छ । त्यही जनलहर वडा नम्बर ८ मा पनि बढेको छ । अघिल्लो निर्वाचनमा पनि एमालेले जितेकाले पनि यो पटक पनि एमालेले नै जित्ने निश्चित रहेको वडा अध्यक्ष पदका उम्मेदवार चन्द्रबहादुर गुरूङले बताए ।

बुधबारको घरदैलो पनि उत्साहमय भएको थियोे । अध्यक्ष पदका उम्मेदवार जगतप्रसाद पोख्रेल, उपाध्यक्ष पदका उम्मेदवार कमलापती चाैधरी, वडा अध्यक्ष पदका उम्मेदवार चन्द्रबहादुर गुरूङ र सदस्यहरू, एमालेका नेता कार्यकर्ताहरूको सहभागीता रहेको थियोे । घरदैलो कार्यक्रम वडा नम्बर ८ को कोहलुवा, जुरपानी, पिपरी, विजाैरी लगायतका टोलमा गरिएको थियोे ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे