माओवादी र राजमोको संयुक्त प्रतिवद्वता पत्र सार्वजनिक, राप्ती गाउँपालिकालाई देशक‌ै नमुना पालिका बनाइने



माओवादी र राजमोको संयुक्त प्रतिवद्वता पत्र सार्वजनिक, राप्ती गाउँपालिकालाई देशक‌ै नमुना पालिका बनाइने

भालुवाङ २२ वैशाख । दाङको राप्ती गाउँपालिकामा नेपाल कम्युनिस्ट पार्टी माओवादी र राष्ट्रिय जनमोर्चाको संयुक्त प्रतिवद्वता पत्र सार्वजनिक गरिएको छ ।

बुधबार राप्ती गाउँपालिका वडा नम्बर ५ कालापानीमा एक कार्यक्रमको आयोजना गरि सो प्रतिवद्वता पत्र सार्वजनिक गरिएको हो । प्रतिवद्वता पत्रलाई अध्यक्ष पदका उम्मेदवार प्रकाश विष्ट र उपाध्यक्ष पदका उम्मेदवार केशवराज खनालले सार्वजनिक गरेका हुन् ।

वैशाख ३० गते हुन लागेको स्थानीय तह सदस्य निर्वाचनका लागि राप्ती गाउँपालिकामा नेकपा माओवादी र राजमोको संयुक्त गठबन्धनले तयार पारेको प्रतिवद्वता पत्रमा शिक्षा, युवा तथा खेलकुद, स्वास्थ्य, महिला बालबालिका, जेष्ठनागरिक, समाजिक सुरक्षा, रोजगारी, कृषि, पशुपालन तथा सिचाई, सडक, विद्युत, खानेपानी तथा सरसफाई, पर्यटन, वन, वातावरण तथा नदीजन्य पदार्थको व्यवस्थापनलाई पहिलो प्राथमिकतामा राखेको छ ।

त्यसै गरि सुचना, सञ्चार तथा प्रविधि, सुशासन तथा व्यवस्थापन, आवास तथा राजधानी व्यवस्थापनलाई पनि विशेष प्राथमिकतामा राखेको छ ।

नेकपा माओवादी केन्द्र राप्ती गाउँपालिका संगठन कमिटीका अध्यक्ष श्यामेश चाैधरीको अध्यक्षता एवम् लुम्बिनी प्रदेशका स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्री इन्द्रजित थारूको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अध्यक्ष पदका उम्मेदवार प्रकाश विष्ट, उपाध्यक्ष पदका उम्मेदवार केशवराज खनाल र वडा नम्बर ५ का वडा अध्यक्ष पदका उम्मेदवार चित्रबहादुर थापा लगायतले प्रतिवद्वता मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन पार्टीका राप्ती गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष गरिवु चाैधरीले गरेका थिए ।

प्रतिवद्वताको पूरा भाग

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे