अटो व्यवसायीको गुनासो : देउखुरीमा रूट परमिटको समस्या



अटो व्यवसायीको गुनासो : देउखुरीमा रूट परमिटको समस्या

सिसहनियाँ १७ वैशाख । दाङ देउखुरीको सिसहनियाँका अटो व्यवसायीहरूले अटो रूट परमिटाा समस्या भएको बताएका छन् ।

थानेश्वर यातायात प्रालि सिसहनियाँको शनिबार राप्ती गाउँपालिका ५ कालापानी स्थित खाैराह बाबामा आयोजित चाैथो वार्षिक साधारणसभामा उनीहरूले सो गुनासो गरेका हुन् ।

एउटा पालिका बाट आर्को पालिकामा जाँदा जरिवाना तिर्नु पर्ने अवस्था आएकोले आफुहरू निकै समस्यामा पर्ने गरेको अटो चालक कुलराज पुलामी मगरले बताए ।

देउखुरी क्षेत्र भरि अटो  चल्न पाउनु पर्ने व्यवासायीको माग छ । कोही विरामी परे एक पालिकाबाट आर्को पालिकामा लैजान समेत गाह्रो हुने गरेको प्रालिका अध्यक्ष घनश्याम परियारले बताए ।

त्यस्तै उनले सिसहनियाँमा अटो पार्क गर्ने ठाउँ नहुँदा हाइवे र बजार क्षेत्रका विभिन्न स्थानमा अव्यवस्थित तरिकाले अटो पार्क गर्नु पर्ने अवस्था रहेको प्रालिका अध्यक्ष परियारले बताएका छन् ।

प्रालिका अध्यक्ष घनश्याम परियारको अध्यक्षता एवम् सिसहनियाँ उद्योग वाणिज्य संघका अध्यक्ष पुर्णबहादुर बुढाथोकीको प्रमुख आतिथ्यतामा भएको सभामा सिसहनियाँ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष ईश्वरीप्रसाद अधिकारी, राप्ती गाउँपालिकामा नेकपा माओवादी केन्द्रबाट अध्यक्ष पदमा उम्मेदवारी दिएका प्रकाश विष्ट, नेकपा एमालेबाट अध्यक्ष पदमा उम्मेदवारी दिएका जगत प्रसाद पोख्रेल, नेकपा एमालेबाट वडा नम्बर ५ मा वडा अध्यक्ष पदमा उम्मेदवारी दिएका देवीप्रसाद चाैधरी,ऐरावती प्रालि भालुवाङका अध्यक्ष बलबहादुर कुमाल,
समाजसेवी तथा बुद्धिजीवी गंगाराम भट्टराई, देउखुरी टुडे डटकमका कार्यकारी सम्पादक ओमप्रकाश गुप्ता लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

प्रालिका सल्लाहकार पवनकुमार चाैधरीको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन सचिव राजकुमार चाैधरीले गरेका थिए । प्रालिमा अहिले ६७ वटा अटो रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे