एमालेका उम्मेदवारलाई बिजय गराउन राप्ती गाउँपालिकाको मसुरियामा प्रेस चौतारीको सञ्चार डेस्क स्थापना



एमालेका उम्मेदवारलाई बिजय गराउन राप्ती गाउँपालिकाको मसुरियामा प्रेस चौतारीको सञ्चार डेस्क स्थापना

भालुवाङ १६ बैशाख । यही बैशाख ३० गते हुन गईरहेको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका उम्मेदवारहरुलाई बिजयी बनाउन देउखुरीको राप्ती गाउँपालिका—३, मसुरियामा सञ्चार डेस्क स्थापना गरिएको छ ।

पाँच दलीय गठबन्धनका बिरुद्ध एकल रुपमा दाङमा नेकपा एमालेका उम्मेदवारहरु पालिका देखि वडा सम्म बलियो रुपमा उम्मेदवारी दिएर जनताको घरदैलोमा लागेपछि पार्टीका हरेक चुनावी गतिबिधिहरु सञ्चार माध्यम मार्फत जनता सम्म पुर्‍याउन सञ्चार डेस्क स्थापना गरिएको प्रेस चौतारी नेपाल दाङ शाखाले जनाएको छ ।

सञ्चार डेस्कमा प्रेस चौतारी नेपालका लुम्बिनी प्रदेश कमिटी सदस्य ओमप्रकाश गुप्तालाई प्रमुख जिम्मेवारी दिइएको छ । साथै उक्त सञ्चार डेस्कमा प्रेस चौतारी नेपाल राप्ती गाउँपालिका कमिटीलाई पुरै परिचालन गर्ने गरी जिम्मेवारी समेत प्रदान गरिएको चौतारीका केन्द्रिय सदस्य सन्तोषकुमार गुप्ताले जानकारी दिएका छन् ।

सञ्चार डेस्कले राप्ती गाउँपालिकामा पार्टीका तर्फबाट पालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष तथा वडा सदस्य पदका उम्मेदवारहरुका चुनावी गतिबिधिहरु रिपोटिङ्ग गरी जिल्लाभरिका सञ्चार माध्यममा पुर्‍याई जनतालाई सुसुचित गरिने बताइएको छ ।

राप्ती गाउँपालिकामा नेकपा एमालेको चुनावी गतिबधिको समाचारलाई एक रुपता कायम गर्न तथा सञ्चार माध्यमहरुलाई समाचार संकलनमा सहजता ल्याउन लागि सञ्चार डेक्स स्थापना गरिएको चौतारी दाङ शाखा अध्यक्ष इन्द्रबिबश डिसीले जानकारी दिए । साथै सञ्चार डेस्क मार्फत एमालेका उम्मेदवारहरुलाई बिजयी बनाउन प्रचार—प्रसारलाई तिब्रता दिने, फिल्ड रिपोटिङ्का लागि दैनिक चौतारीमा आवद्ध पत्रकारहरुलाई परिचालन गरिने समेत बताइएको छ ।

सञ्चार डेस्कको उद्घाटन नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य गंगाराम भट्टराईले गरेका थिए । भट्टराईले सञ्चार डेस्कको ब्यानर अनाबरण गरेर उद्घाटन गरेका हुन् ।

सञ्चार डेस्कको उद्घाटन कार्यक्रममा नेकपा एमाले राप्ती गाउँपालिका इन्चार्ज हरि बेल्बासे, पार्टीका गाउँपालिका कमिटीका अध्यक्ष मदन अधिकारी, सचिव भरतमणि न्यौपाने, प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य सन्तोषकुमार गुप्ता र चौतारीका लुम्बिनी प्रदेश कमिटी सदस्य ओमप्रकाश गुप्ता सहित चौतारीका अन्य पत्रकारहरुको समेत उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे