दाङमा मेयरका उम्मेदवार सहित १ सय ७६ जनाद्वारा उम्मेदवारी फिर्ता (सबै पालिकाकाे बिबरण सहित)



दाङमा मेयरका उम्मेदवार सहित १ सय ७६ जनाद्वारा उम्मेदवारी फिर्ता (सबै पालिकाकाे बिबरण सहित)

दाङ १६ बैशाख । दाङमा मेयर पदका उम्मेदवारसहति १ सय ७१ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । तुलसीपुर उपमहानगरपालिकाको मेयरमा स्वतन्त्रबाट उम्मेदवारी दिएका धर्मराज पाण्डेसहित १ सय ७१ जनाले उम्मेदवारी फिर्ता लिएका हुन ।

बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि बैशाख ११ र १२ गते उम्मेदवारी मनोनय दर्ता गरिएको थियो । आज निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दिएका मेयर, गाउँपालिका अध्यक्ष तथा वडाअध्यक्षसँगै वडा सदस्यले उम्मेदवारी फिर्ता लिएका छन् ।

उम्मेदवारी फिर्ता लिनेमा सबै भन्दा बढी तुलसीपुर उपमहानगरपालिकामा रहेका छन् । जहाँ ९६ जनाले उम्मेदवारी फिर्ता लिएको लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ ।

यस्तै घोराहीमा १८ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । लमहीमा ७, राजपुरमा, ५, राप्तीमा, ९, गढवामा ८, दंगीशरणमा १३, बंगलाचुलीमा १, बबईमा १४ र शान्तिनगरमा ५ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । दाङमा ५ सय २० पदका लागि २ हजार ४ सय १२ जना उम्मेदवारी परेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे