मतदान केन्द्र भएका विद्यालयमा तीन दिन भौतिक रुपमा पठनपाठन बन्द गर्न आयोगको अनुरोध



मतदान केन्द्र भएका विद्यालयमा तीन दिन भौतिक रुपमा पठनपाठन बन्द गर्न आयोगको अनुरोध

काठमाडौं १५ वैशाख । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि मतदान केन्द्र तोकिएका विद्यालयहरुमा तीन दिन भौतिक रुपमा पठनपाठन बन्द गर्न सरकारलाई अनुरोध गरेको छ ।

स्थानीय तह निर्वाचनका लागि मतदान तथा निर्वाचनसम्बन्धी व्यवस्थापकीय कार्य सञ्चालन गर्न मतदान स्थल तथा मतदान केन्द्र रहेको विद्यालयहरु २८ वैशाखदेखि ३० वैशाखसम्म उपयोग गर्नुपर्ने भन्दै आयोगले भौतिक उपस्थिति नगराउन र सो अवधिमा विद्यार्थीहरूलाई वैकल्पिक पद्धतिबाट पठनपाठनको व्यवस्था मिलाउन मुख्य सचिव मार्फत सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचन हुने दिन ३० वैशाखमा सार्वजनिक बिदा दिन पनि सरकार समक्ष अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे