रसुवामा माओवादीलाई ठूलो धक्का, गाउँपालिका अध्यक्षका उम्मेदवार सिंगो टीमसहित एमाले प्रवेश



रसुवामा माओवादीलाई ठूलो धक्का, गाउँपालिका अध्यक्षका उम्मेदवार सिंगो टीमसहित एमाले प्रवेश

रसुवा १५ बैशाख । नेकपा माओवादी केन्द्रका गाउँपालिका इन्चार्ज तथा पालिका अध्यक्षका उम्मेदवार तेन्जिन छेसाङ तामाङ एमालेमा प्रवेश गर्नुभएको छ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि उहाँनले माओवादीबाट उम्मेदवारी दर्ता गराउनु भएको थियो ।

तामाङसँगै गोसाइँकुण्ड गाउँपालिका ५ का वडाध्यक्षका उम्मेदवार पनि एमालेमा प्रवेश गर्नुभएको छ । आज आयोजित एक कार्यक्रमबीच एमाले नेताहरूले दुवै जनालाई फूलमाला लगाएरु पार्टीमा स्वागत गरेका छन्।

एमाले नै शसक्त भएकाले माओवादीबाट दिएको आफ्नो उम्मेदवारी समेत फिर्ता लिने गरी पार्टीमा प्रवेश गरेको तामाङको भनाइ छ। एमाले शीर्ष नेताहरूसँगको सल्लाह र परामर्शमा माओवादी छोडेको उहाँले बताउनु भयो ।

जनता टाइम्सबाट

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे