पोखरामा कांग्रेसका बागी उम्मेदवारलाई फिर्ता लिन पार्टीले निर्देशन दिएपछि कार्यकर्ताद्वारा पार्टी कार्यालय तोडफोड



पोखरामा कांग्रेसका बागी उम्मेदवारलाई फिर्ता लिन पार्टीले निर्देशन दिएपछि कार्यकर्ताद्वारा पार्टी कार्यालय तोडफोड

पोखरा १५ वैशाख । नेपाली कांग्रेस गण्डकीको पोखरा ३, तेर्सापट्टिस्थित पार्टी कार्यालयमा कार्यकर्ताले तोडफोड गरेका छन् । बिहीबार कांग्रेसको पार्टी कार्यालय बाहिर नाराबाजी गर्दै तोडफोड गरेको आरोपमा २३ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी सुन्दर तिवारीले जानकारी दिए ।

‘नाराबाजीसहित तोडफोड भइरहेको छ भन्ने सूचनाका आधामार त्यहाँ पुगेका थियौं,’ डिएसपी तिवारीले भने, ‘त्यसमध्येबाट २३ जनालाई नियन्त्रणमा लिएका छौं । क्षतिको विवरण आउन बाँकी छ ।’ उनले तोडफोडमा कति जना संलग्न थिए भन्नेबारे अनुसन्धान भइरहेको जानकारी दिए ।

पोखरा १८ र २४ नम्बर वडाध्यक्षमा उम्मेदवारी दिएका वडाध्यक्षलाई उम्मेदवारी फिर्ता लिन पार्टीले निर्देशन दिएपछि स्थानीय कार्यकर्ताले विरोध गर्दै तोडफोड गरेको कांग्रेस स्रोतले जानकारी दिएको छ ।

उक्त २ ३ वडा नेकपा माओवादीले पाउने गरी गठबन्धनबीच प्रारम्भिक सहमति भएको थियो । १८ र २४ वडा का नेता तथा कार्यकर्ताले आइतबार जिल्ला सभापतिसहितका पदाधिकारीलाई ५ घण्टा जिल्ला पार्टी कार्यालयमा थुनेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे