वाइडबडी जहाज भैरहवाको रनवेमै अड्कियो, पार्किङमा ल्याउने प्रयास चल्दै



वाइडबडी जहाज भैरहवाको रनवेमै अड्कियो, पार्किङमा ल्याउने प्रयास चल्दै

काठमाण्डाै १५ बैशाख । परीक्षण उडानको लागि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा गएको नेपाल एअरलाइन्सको जहाज रनवेमै अड्किएको छ ।

जहाज अवतरण भएपछि पार्किङमा लैजाने क्रममा घुम्ती नपुगेपछि रनवेमै अड्किएको महाप्रबन्धक गोविन्द प्रसाद दाहालले उज्यालोलाई जानकारी दिनुभयो । ‘एक ठाउँबाट मोड्नुपर्नेमा पाइलटले अर्कै ठाउँबाट मोड्नु भएछ, मोड पुगेन र जहाज अड्किएको छ ’ दाहालले भने ।

२० मिनेटदेखि अड्किएको जहाजलाई निकाल्ने प्रयास भइरहेको छ । परीक्षण उडानको लागि २ सय ६० जना यात्रु बोकेर जहाज भैरहवा गएको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे