३० गतेदेखि लगातार चार दिन सार्वजनिक बिदा !



३० गतेदेखि लगातार चार दिन सार्वजनिक बिदा !

काठमाण्डाै १५ बैशाख । आउने  ३० गतेदेखि लगातार चार दिन सार्वजनिक बिदा हुने भएको छ । आउने ३० गते शुक्रवार निर्वाचन आयोगले नै देशभर सार्वजनिक बिदा दिनका लागि  सरकारलाई अनुरोध गरिसकेको छ । चुनावको भोलिपल्ट अर्थात वैशाख ३१ गते शनिवार परेको छ ।

सरकारले आइतवार पनि सार्वजनिक बिदा दिने निर्णय गरिसकेकाले जेठ १ गते आइतवार पनि बिदा नै हुनेछ । यस्तै २ गते सोमवार बुद्धजयन्ती पर्वको अवसरमा सार्वजनिक बिदा परेको छ ।

यस्तै, मतदान तथा चुनाव सम्बन्धित कार्य गर्न आउने २८ र २९ गते  विद्यालयको उपयोग गर्नुपर्ने आयोगले जनाएकाले यी दुई दिन पनि सार्वजनिक विद्यालयहरुमा पढाइ प्रभावित हुने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे