दाङको गोग्लीमा सवारी दुर्घटना हुँदा गायक प्रमोद खरेल सहित दुई जना घाइते



दाङको गोग्लीमा सवारी दुर्घटना हुँदा गायक प्रमोद खरेल सहित दुई जना घाइते

दाङ १५ बैशाख । गायक प्रमोद खरेल चढेको गाडी अस्ति राति दाङमा दुर्घटनामा परेको दाङ प्रहरीले जानकारी दिएको छ ।

नेपालगञ्जबाट दाङको तुलसीपुरमा आउँदै गर्दा राति एक बजेतिर गायक खरेल सवार बा ३० च ६५५७ नंम्वरको कार घोराही ४ गोग्लीमा दुर्घटनामा परेको ट्राफिक प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

घोराहीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सामान्य उपचार र होटल माला ईनमा आराम गरेपछि काठमान्डु फर्किएको प्रहरीले बताएको छ । गायक खरेल सहित सोही कारमा सवार दाङको दंगिशरण गाउँपालिका ३ का ३३ वर्षिय सुदिप चौधरी र तुलसीपुर २ का सुरज वली घाईते भएको प्रहरीले जानकारी दिएको हो ।

प्रतिष्ठानमा सामान्य उपचारपछि बिहान काठमण्डौ पुगेर थप स्वास्थ्य जाँच गराएको गायक खरेलले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका छन् ।

शरिरको बाहिरी भागमा चोट लागे पनि भित्री भागमा चोट नलागेको स्वास्थ्य जाँच रिपोर्टबाट थाहा भएको र केही दिन आराम गर्ने उनको भनाइ छ । यस्तै एअर ब्याग र सिट बेल्टको प्रयोग गरेका कारण आफ्नो ज्यान जोगिएको पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे