नेपाल रेडक्रस सोसाइटी दाङमा चोरी



नेपाल रेडक्रस सोसाइटी दाङमा चोरी

दाङ १५ वैशाख । नेपाल रेडक्रस सोसाइटी दाङ शाखामा चोरी भएको छ । गएराती शाखा कार्यालय तुल्सीपुरमा चोरी भएको हो ।

चोरले कार्यालयको ढोका फोरेर शाखाका प्रशासकीय अधिकृत विश्राम अधिकारीको कार्यकक्षमा रहेको एक थान कम्प्युटर चोरेर लगेको कार्यक्रम संयोजक जगत तामाङले जानकारी दिए ।

कक्षामा रहेका सबै दराज र लकरहरु फोडेको चोरले अन्य कुनै पनि सामान लिएको देखिएको छैन । चोरी भएको विषयमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे