तुलसीपुर–सल्यान खण्डमा जीप दुर्घटना हुँदा ९ जना घाइते



तुलसीपुर–सल्यान खण्डमा जीप दुर्घटना हुँदा ९ जना घाइते

दाङ १५ वैशाख । राप्ती लोकमार्ग अन्तर्गत पर्ने तुलसीपुर–सल्यान खण्डमा जिप दुर्घटना हुँदा ९ जना घाईते भएका छन् ।

अन्दाजी १६ जना सवार रा १ ज ५१० नंम्वरको जिप हर्निटी नजिक दुर्घटना भएको जिल्ला ट्राफिक कार्यालय दाङले जानकारी दिएको छ ।

रोल्पाको जुगारबाट सल्यान हुदै तुल्सीपुर आउन लागेको जिप दुर्घटना हुदा अहिले सम्म चालक सहित ९ जना घाईते भएको विवरण प्राप्त भएको छ । पौने १ बजेतिर जिप दुर्घटना हुदा कति घाईते भए भन्ने एकिन तथ्यांक भने अझै आउन सकेको छैन् ।

जसमा गम्भिर घाईते चालक सहित रोल्पाको त्रिवेणी गाउँपालिका ६ का २६ वर्षिय चेतमान पुन, सोही ठाउँका १८ वर्षिय रमेश खड्का, २२ वर्षिया कृष्णा पुन, त्रिवेणी ३ का कमलाकुमारी डाँगी, वडा नंम्वर ५ बस्ने अन्दाजी ३१ वर्षिय अनिता घर्ति, सल्यानको कपुरकोट १ का २५ वर्षिय मलती घर्ति, रोल्पाको त्रिवेणी गाउँपालिका ६ का २२ वर्षिय खुमा पुन र उहाकी १ वर्षिया छोरी रुहानी पुन रहेको ट्राफिक प्रहरी कार्यालय दाङ प्रहरी हवल्दार लोकेन्द्र विष्टले जानकारी दिएका छन् ।

गम्भिर घाईते चालकको परिचय खुलेको छैन् भने उपचारका लागी नेपालगञ्ज रिफर गरिएको छ । अन्य घाईतेको उपचार तुलसीपुरको राप्ति प्रादेशिक अस्पतालमा भैरहेको छ भने घटनाका बारेमा थप विवरण आउन बाकी रहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे