विकासको पर्खाइमा मच्छीताल गाउँ



विकासको पर्खाइमा मच्छीताल गाउँ

भालुवाङ १५ वैशाख । दाङ देउखुरीको एक गाउँ विकासको पर्खाइमा रहेको छ ।

लुम्बिनी प्रदेशको स्थायी राजधानीको केन्द्र विन्दुमा भालुबाङ देखि करिब ७ किलोमिटरको दुरीमा रहेको राप्ती गाउँपालिका वडा नम्बर १ को मच्छिताल गाउँ जहाँ अहिले सम्म कुनै बिकास भएको छैन ।

भालुवाङ- प्युठान सडक खण्डको करिब ५०० मिटरको दुरिमा सो गाउँ रहेको छ । गाउँमा सामान्य एउटा कच्ची बाटो विद्युत विस्तार भए पनि खानेपानीको भने चरम समस्या रहेको छ । कुमाल जातिको बसोबास रहेको सो गाउँमा अहिले सम्म खरको छाना हट्न समेत सकेको छैन ।

राप्ती गाउँपालिकाले वडाका अन्य ठाउँमा खरको छाना हटाइ टिन लगाउने अभियान चलाए पनि सो गाउँमा त्यो कार्यक्रम नआएको स्थानीयहरू बताउँछन् । सोलार सिस्टमबाट सिचाइको ब्यबस्था भने सामान्य रहेको छ ।

नामसालिङ सामुदायिक विका केन्द्र र गाउँपालिकाको लगानीमा सम्पन्न भएको उक्त सिचाइ योजना अपुग भएको स्थानिय रिखिराम कुमालले बताए । जंगलको छेउमा रहेको उक्त गाउँका स्थानीयबासीले परम्परागत पशुपालन गरिरहेका छन ।

बेरोजगारी र चरम गरिवीको समस्या रहेको उक्त गाउँमा अहिले सम्म कुनै बिकास गर्न कुनै पनि निकाएको ध्यान जान सकेको छैन । राप्ती नदिको नजिकै अबस्थित उक्त गाउँमा बिकास गर्न सके नमुना गाउँ बन्न सक्ने सम्भावना देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे