दाङमा सत्ता गठबन्धनबाट जसपा बाहिरियो



दाङमा सत्ता गठबन्धनबाट जसपा बाहिरियो

दाङ १५ भालुवाङ । दाङमा वर्तमान ५ दलीय गठबन्धनबाट जनता समाजवादी पार्टी बाहिरिएको छ ।

पार्टीका दाङ जिल्ला अध्यक्ष होमप्रसाद शर्मा र सचिव लक्ष्मी चाैधरीले बुधबार एक विज्ञप्ति जारी गरि गठबन्धनबाट बाहिरिएको घोषणा गरेका छन् ।

२०७९ बैशाख ३० गते हुन लागेको  स्थानीयतह निर्वाचनमा सत्ता गठबन्धनका सहयात्रीदलहरु नेपाली कंग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी (नेपाल), राष्ट्रिय जनमोर्चा, नेकपा एकीकृत समाजवादी पार्टी बीच चुनाबमा गठबन्धन दलहरुको केन्द्रीय नीति, निर्णय र निर्देशन बमोजिम सम्मानजनक रुपमा सबैको सहभागीता रहनेगरी निर्वाचनमा जानुपर्नेमा त्यसको भावना बिपरीत दम्ब र घमन्डका साथ अन्यको मत समेतको उपयोग गरी चुनाव जित्ने रणनिती र हेतुले स्वार्थ सिद्धमा लागेको बताइएको छ ।

एकल वा दिपक्षिय बैठकहरु लुकिछीपी रुपमा बसी गठबन्धन दलहरुको केन्द्रिय निर्णयको भावना र मर्म बिपरित अगाडी बढेकोले आरोप समेत लगाएका छन् ।

फड्के किनारा साक्षी बसी कसैको सत्ता बचाउन यो गठबन्धनमा सामेल हुनु जनताको भावना र मतदाताको मतको समेत अपमान हुने महसुस गरी  बर्तमान गठबन्धन दलबाट बाहिरिएको घोषणा प्रेस बिज्ञप्ती मार्फत दाङ जिल्लाका सबै नेता, कार्यकर्ता, शुभचिन्तक महानुभावहरुमा जानकारी समेत गराएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे