दाङमा उम्मेदवारी दिएकाहरूको जाँचबुझ गर्न सुरू, कुनै उम्मेदवार विरुद्ध उजुरी परेन



दाङमा उम्मेदवारी दिएकाहरूको जाँचबुझ गर्न सुरू, कुनै उम्मेदवार  विरुद्ध उजुरी परेन

दाङ १५ वैशाख । दाङ सहित देशभर स्थानीय तहको विभिन्न पदमा उमेदवारी दिएकाहरुको जाँचबुझ गर्ने काम भईरहेको छ । सोही अनुसार दाङमा पनि उमेदवारहरुको जाँचबुझ गर्ने काम भईरहेको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ ।

जिल्लाका दुई उपमहानगरपालिका, एक नगरपालिका र सात वटा गाउँपालिका गरी दश पालिकाको विभिन्न पदमा उमेदवारी दिएकाहरुको जाँचबुझ गर्ने काम भईरहेको छ । गत आईतवार र सोमवार विभिन्न पदमा मनोनयन पत्र दर्ता गराएका विरुद्ध दावी विरोध सम्बन्धी उजुरी दिने समय अवधीभर कसैले उजुरी नदिएको प्रदेश निर्वाचन अधिकारी नारायण भण्डारीले जानकारी दिए ।

जिल्लामा पालिकाको विभिन्न पदका लागी ठुला तथा साना राजनितिक दल र स्वतन्त्र गरी २४१२ जनाले उमेदवारी दर्ता गराएका छन् । जिल्लाका दश पालिकाको प्रमुख उपप्रमुख, वडा अध्यक्ष र सदस्य गरी जम्मा पाँच सय २० पदका लागी झन्डै पाँच गुणा बढिले उमेदवारी दिएका छन् ।

विहिवार सम्म जाँचबुझ हुने र शुक्रवार उमेदवारी फिर्ताको लागी समय तोकिएको छ भने शनिवार उमेदवारहरुलाई चुनाव चिन्ह प्रदान गर्ने तयारी भएको निर्वाचन अधिकारी भण्डारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे